दफा ७
मतदानको अधिकार बिना मतदान गर्न नहुने
(१) कसैले पनि प्रचलित सङ्घीय कानून बमोजिम मत दिन पाउने अधिकार बिना कुनै निर्वाचनमा मतदान गर्न हुँदैन ।
(२) कसैले पनि प्रचलित सङ्घीय कानून बमोजिम बाहेक अर्को मतदाताको नामको मतपत्र बुझिलिन वा अर्काको नामबाट मतदान गर्न हुँदैन ।
(३) उपदफा (१) वा (२) विपरीतको कार्य गर्ने व्यक्तिलाई मतदान अधिकृतले पच्चीस हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।